
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम प्रधानमन्त्री नियुक्ति र लगत्तै संसद् (प्रतिनिधि सभा) विघटनप्रति समर्थन जनाएको छ ।
प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ट शब्दमा असंवैधानिक भन्दै विरोध गरिरहेका बेला रास्वपाले भने विज्ञप्ति जारी गरी घोषित निर्वाचनमा जोड दिएको हो ।
रास्वपाले नवयुवा पुस्ता (जेन–जेड) को आन्दोलनबाट यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै ‘संविधान पालनाको कोणबाट प्रश्न उठेको’ सम्म भनेको छ, तर विमति प्रकट गरेको छैन ।
बरु वाचाअनुरूप आगामी फागुन २१ गते आम निर्वाचनलगायत काम भएन भनेचाहिँ आन्दोलनमा उत्रिने चेतावनी रास्वपाले दिएको छ ।














