Logo
Logo

सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी


3.8k
Shares

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी गरेकी छिन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले उनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएकी छिन्।

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरिसकेका छन्।

यदि नियुक्ति प्रक्रिया पूरा भयो भने, बराल नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नेछिन्।

प्रतिक्रिया दिनुहोस्