काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि उनको नियुक्ति हुनेछ । आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो ।














