
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् ।
सोमबार अर्थमन्त्रीको शपथ लिएका खनालले केहि बेरअघि सिंहदरबारस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै उक्त निर्णय गरेका हुन् ।
‘पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ,’ उनले भने, ‘फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ ।’
आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको बताएका उनले अर्थ मन्त्रालय परिसरमा रहेको भंग्नावशेश तुरुन्तै हटाइने समेत जानकारी दिए ।
पदभार ग्रहणपछि अर्थमन्त्रीले बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।














