
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बताएको हो ।
त्यस्तै आज इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ ।
उल्लिखित ३३ जिल्ला तथा आसपासका जिल्ला भइ बहने खोला तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
















