Logo
Logo

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाइने


2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाइने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै  भ्रष्टाचार छानबिन भएकाले यो आयोग  बनाइने बताएकी हुन् । उक्त आयोगले अनुसन्धान गरेर गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् ।

The current image has no alternative text. The file name is: susila.gif

उनले भनेकी छन्, ‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पु¥यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौँ ।’

उनले जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन सदस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।

सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको कार्कीले बीबीसीलाई बताएकी छन् ।  

प्रतिक्रिया दिनुहोस्