काठमाडौं । जेनजी आन्दोलनका क्रममा झापाका प्रमुख सहरहरुमा लगाइएको निषेधाज्ञा अझै कायमै छ । गत सोमबार र मङ्गलवार भएको प्रदर्शन तथा आगजनी र तोडफोड भएपछि कर्फ्यू तथा निषेधाज्ञा लगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मङ्गलवार एक सूचना जारी गर्दै बिर्तामोड, भद्रपुर र दमक नगरपालिका क्षेत्रमा राति ८ बजेदेखि बुधवार बिहान ४ बजेसम्म निषेधाज्ञा जारी रहेको जानकारी गराएका हुन् ।
बिर्तामोड र दमक नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भद्रपुर नगरक्षेत्रको पूर्वमा चन्द्रगढी एयरपोर्ट, पश्चिममा लेखनाथ चोक, उत्तरमा धनुषमोड र दक्षिणमा राष्ट्रिय वाणिज्य बैङ्कसम्म निषेधाज्ञा कायम रहने सूचनामा उल्लेख छ । प्रजिअ अधिकारीले पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको हकमा भने निषेधाज्ञा कायम नहुने बताएका छन् ।














