Logo
Logo

पहिरो हटाइएपछि मुग्लिन-नारायणगढ सडक सुचारु


315
Shares

काठमाडौं । पहिरोको कारण गएरातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक आज बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमा खसेको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो गएको स्थानमा ढुंगा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्