Logo
Logo

लेखक रोबर्ट मुन्सलाई ‘इच्छा मृत्यु’को स्वीकृति, मिति तोकिएको छैन


1.3k
Shares

न्युयोर्क । ‘लभ यु फरेभर’ जस्ता चर्चित बाल पुस्तकका क्यानेडियन लेखक रोबर्ट मुन्सलाई क्यानाडामा कानुनी रूपमा मान्यता प्राप्त ‘मेडिकल्ली असिस्टेड डाइइङ’ (इच्छा मृत्यु) को स्वीकृति दिइएको छ।

८० वर्षीय मुन्स डिमेन्सिया र पार्किन्सन्स रोगबाट पीडित छन्, तर उनले मृत्युको मिति तोकेका छैनन्। उनले भनेका छन्, “जब कुरा गर्न गाह्रो हुन्छ, तब निर्णय लिन्छु।”

सन् २०१६ देखि क्यानाडाले गम्भीर बिरामीका लागि इच्छा मृत्युलाई कानुनी बनाएको हो। मुन्सकी छोरीले उनकाे निर्णय पाँच वर्ष पुरानै भएको बताएकी छन्।

उनका ८५ वटा पुस्तक २० भन्दा बढी भाषामा अनुवाद भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्