Logo
Logo

संविधान दिवस देशभर मनाइँदै


441
Shares

काठमाडौँ । नेपालको संविधान जारी भएको असोज ३ गतेको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर विविध कार्यक्रमसहित मनाइँदैछ।

मुख्य कार्यक्रम टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुनेछ, जसलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।

अहिलेको संवेदनशील राजनीतिक परिस्थिति हेरी झाँकीलगायतका कार्यक्रम सीमित राखिने गृहमन्त्रालयले जनाएको छ।

संविधान जारी भएको एक दशक पूरा भएको अवसरमा यसको कार्यान्वयन, उपलब्धि, चुनौती र आगामी दिशाबारे बहस र छलफल हुने बताइएको छ। प्रदेश र स्थानीय तहमा पनि संविधानको महत्वलाई उजागर गर्ने कार्यक्रम हुनेछन्।

प्रतिक्रिया दिनुहोस्