काठमाडौँ । काठमाडौं प्रहरी परिसरले बिना बिलबिजकको सुनचाँदी वा अन्य सामान किनबेच नगर्न सार्वजनिक आग्रह गरेको छ ।

जेनजी प्रदर्शनका क्रममा लुटपाटमा परेका गरगहना आपराधिक समूहले बिक्री गर्न सक्ने भएकाले, बिल नभएका सामान किन्न नहुन प्रहरीको अनुरोध छ ।
त्यस्ता सामान भेटिएमा प्रहरी कन्ट्रोल १०० वा ९८५१२८३०१२ नम्बरमा खबर गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन भनिएको छ । प्रहरीले यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।














