Logo
Logo

अब सिंहदरबारभित्रै संसद बैठक


2.4k
Shares

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएर क्षति पुगेको बानेश्वरस्थित बीआईसीसी भवनमा अब संसद बैठक नबस्ने भएको छ ।

जलेको संसद भवनको अनुगमन काठमाडौ, १ असोजः अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल बुधबार नयाँ बानेश्वरस्थित जलेको संसद भवनको निरीक्षण अनुगमन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् । आगामी पुससम्म सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन तयार भई त्यहीँबाट बैठक सञ्चालन हुने अर्थमन्त्री रामेश्वर खनाल र मन्त्री कुलमान घिसिङले बताएका छन् ।

बीआईसीसी भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने र तत्काल सरसफाइ तथा डिजाइनको काम सुरु हुने बताइएको छ। राष्ट्रिय सभाको बैठक भने सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समिति हलमा बस्ने तयारी भइरहेको छ ।

संसद विघटन भई आगामी फागुन २१ मा निर्वाचन तोकिएको अवस्थामा, आगामी अधिवेशनहरू नयाँ व्यवस्थापनसहित सञ्चालन हुने सरकारी तयारी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्