Logo
Logo

यूएईले नेपालीका लागि वर्किङ भिसा पनि रोक्यो


2.7k
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि भिजिट भिसापछि वर्किङ भिसा पनि रोक लगाएको छ।

एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल दुवै प्रकारका भिसा बन्द छन् तर रोक कहिलेसम्म रहने भन्ने यकिन छैन।

दुबई र नेपालस्थित केही कम्पनीहरूले भिसा टाइपिङमा समस्या देखिएको र पहिले टाइप भएका भिसा पनि रद्द हुन थालेको बताएका छन्। नेपाली दूतावासले भने यसबारे आधिकारिक जानकारी नपाएको जनाएको छ।

यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्