काठमाडौँ । जनमत पार्टीका ६ शीर्ष नेताहरूले अध्यक्ष डा . सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । यसको जवाफमा राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्न यो सही मौका भएको बताएका छन् र विद्रोही नेताहरुलाई अवसरको सदुपयोग गर्न सुझाएका छन् ।

राउतले पार्टीभित्र अनुशासनहीनता, विरोध र कमजोर नेतृत्वका कारण स्वच्छ र क्रियाशील सदस्यहरूले पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताए ।
राजीनामा माग गर्ने नेताहरूमा केन्द्रीय प्रवक्ता डा। शरतसिंह यादव, युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम छन् ।
पार्टीमा नेतृत्व विवाद र अस्थिरताको स्थिति देखिन थालेपछि जनमत पार्टीको भविष्यमा गम्भीर चुनौती देखिएको छ ।














