
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा अन्दाजी एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा गभीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














