Logo
Logo

राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने


819
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: rajendra-mahato-1.jpg

पार्टीका सम्पूर्ण जिल्ला अध्यक्ष र जिल्ला कार्यसमितिलाई आज सर्कुलर पठाउँदै अध्यक्ष राजेन्द्र महतोले असोज ३ गते आफूहरूको आन्दोलन, अधिकार र लोकतन्त्रको धरोहरमाथि ठुलो प्रहार गरिएको दाबी समेत गरेका छन् । 

सो दिन विरोधस्वरुप कालोपट्टी बाँधेर काम गर्न समेत उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । साथै विरोधसभा, विचार गोष्ठी, सहिदप्रति श्रद्धाञ्जली लगायतका कार्यक्रम गर्न समेत सर्कुलर गरिएको छ । साथै स्थानीय स्तरमा युवा र विद्यार्थीहरूसँग ऐक्यबद्धता गरेर कार्यक्रम गर्न समेत अध्यक्ष महतोले सम्बन्धित कमिटीलाई निर्देशन दिएका छन् । 

२०७२ असोज ३ गते नयाँ संविधान जारी हुँदा मधेसवादी दलहरूले असन्तुष्टि जनाउँदै आन्दोलनमा गएका थिए । उनीहरूले पछिल्लो समय संविधान संशोधनको माग राख्दै आन्दोलन गर्दै आएका छन् । तर संविधान संशोधन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्