Logo
Logo

अन्तर्राष्ट्रिय कार्डबाट राजस्व भुक्तानी सम्भव, सेवा सुरु


441
Shares

काठमाडौं । अबदेखि अन्तर्राष्ट्रिय कार्डमार्फत पनि नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले आजदेखि राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जानकारी दिएको छ।

अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा सेवा शुभारम्भ गरेका हुन्।
अब विदेशमा रहेका नेपाली वा नेपाल भ्रमणमा आएका पर्यटकहरूले मास्टर कार्ड, भिसा, अलिपे लगायतका कार्ड प्रयोग गरी भिसा शुल्कजस्ता अध्यागमन सेवाहरूको भुक्तानी गर्न सक्नेछन्।

प्रवक्ता दीपक लामिछानेका अनुसार, यो सेवा हाल अध्यागमन विभाग र मातहत निकायहरूमा लागू गरिएको छ भने क्रमशः अन्य सरकारी निकायमा पनि विस्तार गरिनेछ।

नयाँ प्रणालीले २४ सै घण्टा सेवा, पारदर्शिता, द्रुत राजस्व संकलन र डिजिटल इकोनोमीको प्रवर्द्धनमा योगदान गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्