Logo
Logo

इप्पानद्वारा शेयर निष्कासन खुलाउन माग


189
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानले धितोपत्र बोर्ड नेपाल सेबनलाई जलविद्युत् कम्पनीहरूको शेयर निष्कासनमा ढिलाइ नगर्न आग्रह गरेको छ। इप्पानका अनुसार, ढिलाइका कारण लगानीकर्ताले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको छ।

विसं २०८० जेठदेखि हालसम्म ५० जलविद्युत् कम्पनी ४३ आईपीओ र ७ राइट शेयर० ले सेबनबाट अनुमति नपाउँदा आयोजना अगाडि बढ्न सकेका छैनन्। यसले गर्दा २३ अर्बभन्दा बढीको निष्कासन रोकिनु, १२ अर्ब ब्याज बढ्नु , २४ अर्ब लागत थपिनु , र ७१ अर्बभन्दा बढी राजस्व गुम्नु परेको इप्पानले जनाएको छ।

इप्पानले सेबनमा अध्यक्ष नियुक्त नहुनु, र नेटवर्थ ९० पुर्‍याउनुपर्ने जस्ता कानुनी आधार नभएका कारणहरू देखाएर सेबनले प्रक्रिया रोक्दै आएको गुनासो गरेको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले निर्माणाधीन अवस्थामै आईपीओ जारी गर्ने व्यवस्था गर्न माग गर्दै, उत्पादनपछि मात्र आईपीओ दिनु गैरकानुनी भएको बताएका छन्।

इप्पान र सेबनबीच १२ बुँदे समझदारी भए पनि सेबनले अझै लकिङ पिरियड, पीपीए, वित्तीय व्यवस्थाजस्ता शर्त राखेर शेयर निष्कासनमा अवरोध गरिरहेको आरोप लगाइएको छ।

इप्पानले जलविद्युत क्षेत्रको लगानी बढाउन र आयोजना समयमै सम्पन्न गर्न शेयर निष्कासन तत्काल खुला गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्