म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडक मङ्गला गाउँपालिका–२ लाम्पाटामा खसेको पहिरोले अवरुद्ध भएको छ ।

यसले मङ्गला , मालिका र धवलागिरी गाउँपालिकालाई बेनीसँग जोड्ने यातायात सेवा र विकास आयोजनामा समस्या ल्याएको छ ।
पहिरो पन्छाउन डोजर परिचालन भइरहेको छ भने वैकल्पिक रूपमा हलुका सवारीका लागि माटेबगर – पोक – पिपलबोट – छिसवाङ – खोप्टी – छ्यारछ्यारे मार्ग सञ्चालनमा आएको छ । पैदलयात्रुका लागि बाबियाचौर–डौडेखोला – रसपुर पदमार्ग प्रयोग गर्न सूचना जारी गरिएको छ ।
यस सडकको स्तरोन्नति गण्डकी प्रदेश सरकारले गर्दै आएको छ , तर लाम्पाटामा पहिरो जोखिम उच्च रहेको छ ।














