Logo
Logo

ओलीको दाबी- जेनजी आन्दोलनमा प्रहरीसँग नभएका हतियारले गोली हानियो

प्रहरीलाई गोली हान्ने आदेश थिएन


2k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गर्दै आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् । साथै ओलीले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको पनि प्रस्ट पारेका छन् ।

उनले भनेका छन्, ‘आन्दोलनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।’

ओलीले थप भनेका छन्, ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।’

प्रतिक्रिया दिनुहोस्