
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीको १२२ वटा कार्यालय पूर्णरुपमा जलेका छन् । गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको आन्दोलनका क्रममा उपत्यकामा प्रहरीका १२२ वटा कार्यालय पूर्णरूपमा जलेका हुन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार रानीपोखरीसहित १२२ वटा कार्यालय पूर्णरूपमा जलेका हुन् । यस्तै, ९६ वटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ । प्रहरीका ११७ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर खरानी हुँदा चार वटा गाडीमा आंशिक क्षति पुगेको छ ।
एसएसपी खनालका अनुसार, प्रहरी कर्मचारीका १५८ वटा दुईपाङ्ग्रे सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रहरी कर्मचारीका निजी सवारीसाधनसमेत जलेका छन् । २३ गते प्रहरी दमनबाट १९ युवाको ज्यान भएपछि दोस्रो दिन प्रदर्शनकारीहरु तोडफोड, लुटपाट र आगजनीमा उत्रिएका थिए ।











