Logo
Logo

एभरेष्ट बैंकद्वारा जोन्टा क्लबलाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एभरेष्ट बैंकले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कल्याणकारी क्रियाकलाप गर्दै आएको छ । यसैक्रममा बैंकले स्वच्छता कायम गर्ने उद्देश्यका साथ नवलपरासीमा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले क्लबका प्रतिनिधि सीमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्ने उद्देश्यले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले यस सहयोगले स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने आशा व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्