Logo
Logo

सेयर बजारमा नेगेटिभ सर्किट लागेसँगै अर्थमन्त्रीले गरे कार्यदल गठन


504
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि बिहीबार सेयर बजारमा नेगेटिभ सर्किट लागेसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिएका छन् । खनालले पूँजीबजारमा विकसित, विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन् ।

The current image has no alternative text. The file name is: rameshwor-1.jpg

शुक्रवार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् ।

अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ । यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्