काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सिर्जना हुनुमा वैदेशिको डिजाइन रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित प्रशिक्षणमूलक कार्यक्रमको उद्घाटन गर्दै सिंहले नेपालमा यो अवस्था सिर्जना हुनसक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहे पनि देशको अवस्था परिवर्तन हुनेगरी आन्दोलन र क्षति भएको बताए ।
वर्तमान जेनजी पुस्ताले उठाएका मागमा दललाई वर्तमान सरकारमा समावेश नगर्ने विषय गम्भीर रहेको र दलहरूलाई बाहिर राखेर सरकारको औचित्य नहुने बताए । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा १० वटै पालिकाबाट करिब तीनसय नेता कार्यकर्ताको सहभागिता थियो ।














