Logo
Logo

गृह मन्त्रालयमा मन्त्री कुर्दै घाइते जेनजीहरू


1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएकाहरु केहि बेरअघि सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन् ।

सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीले गाडीबाट गृह मन्त्रालय पुर्याएको हो । तर गृहमन्त्री ओमप्रकाश अर्याल बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् ।

यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्