काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

जाँचबुझ आयोग ऐन, २०२६ अनुसार गठित यस आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगलाई कार्य सम्पन्न गर्न तीन महिनाको अवधि दिइएको छ ।














