Logo
Logo

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त


2.3k
Shares

काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

The current image has no alternative text. The file name is: anusandhan.jpg

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि राअविका प्रमुख हुतराज थापाले भदौ २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश लिएका थिए । थापा अवकाशमा गएपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्