काठमाडौं । गायिका एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द, ताराबिर पाण्डेको संगीत रहेको मायाप्रेमभित्र हुने घट्नाक्रमलाई देखाइएको गीत ‘देखेपछि’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पछिल्लो समय मोडलिङमा व्यस्त रहेकी सजिना लामिछाने, पवन खतिवडा, रञ्जना कडरिया, सरु खरेल, लोकेश ओलीले अभिनय गरेका छन् ।
भिडियोमा रमित बोहराको छायांकन, श्रृंगार मोहन तामाङ, सम्पादन राज धामीको रहेको छ भने यस भिडियोलाई मोडल सजिना लामिछानेले नै निर्देशन गरेकी हुन् ।











