Logo
Logo

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ । प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।

त्यस्तै भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्