Logo
Logo

जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरियो : दुर्गा प्रसाईँ


567
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । मङ्गलवार पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा लगिएको दाबी गरेका हुन् ।

The current image has no alternative text. The file name is: durga-1.gif

उनले भने, ’आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्‍यौँ ।’ उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गरे ।

प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको टिप्पणी गरे । उनले भने, ’यो भगवान्हरूले बास गरेको ठाउँ हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’

उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’ उनले दैसैँ,तिहार र छठ पछि नेपालई हिन्दु राष्ट्र बनाउन आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्