Logo
Logo

कारागारबाट पटक-पटक फोन आएपछि रविलाई निकाल्यौँ : रास्वपा


1.3k
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्किएको विषयमा रास्वपाले प्रष्टीकरण दिएको छ । 

The current image has no alternative text. The file name is: rabi.jpg

मङ्गलवार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले रविको बचाउ गरेकी छन् । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका रविलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनको मौका छोपी पार्टी नेताहरूले बाहिर निकालेको आरोप लागेको थियो । त्यतिमात्र नभई रविकै कारण कैदीहरू समेत निस्किएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

रावलले भनिनन् , ‘भदौ २४ गते सभापति रवि कसरी कारागारबाट निस्के भन्न प्रश्न उठेका छन् । त्यसमा कति कुराहरू अतिरञ्जित पनि छ । त्यो दिन कारागार प्रशासनबाट उहाँको सुरक्षाका लागि पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्‍यो भनेर पटक-पटक भनियो । एक पटक एक जनालाई होइन । दशौँ पटक दशौँ मानिसलाई फोन आएको छ । त्यसपछि उहाँ निस्किनुपर्ने अवस्था आएको हो ।’

प्रतिक्रिया दिनुहोस्