Logo
Logo

काठमाडौं प्रहरीलाई आतंकित बनाउने युवक र युवती पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।

काठमाडौंमा प्रहरीलाई गलत सूचना दिएर झुक्याउने दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेर गलत सूचना दिई झुक्याएको आरोपमा ३५ बर्षीय राजु लामा र २२ बर्षीया सरिना बस्नेत पक्राउ परेका हुन् ।


पक्राउ परेका लामा र बस्नेतले मंगलबार राति अपराधिक घटना भयो भन्दै पटक पटक फोन गरेर झुक्याएका थिए । प्रहरीलाई झुक्याउने दुबैलाई महानरीय अपराध महाशाखाको टोलीले मंगलबार राती नै बौद्धबाट पक्राउ गरेको हो ।
महाशाखाका एसएसपी धीरजप्रताप सिंहले मादक पदार्थ सेवन गरेर यस अघिपनि दुबैले प्रहरीलाई गलत सूचना दिएर झुक्याउने गरेको बताए । सार्वजनिक अपराध कसुरमा उनीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्