Logo
Logo

सिन्धु दुग्ध डेरीको भ्यान सुनकोशी नदीमा खस्यो, चालक बेपत्ता


441
Shares

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

आज बिहान करिब ५ः२० बजे बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सुनकोशी नदीमा खस्दा काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलाल बेपत्ता भएका हुन् ।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि चालकको खोजतलास जारी रहेको सिन्धुपाल्चोक प्रहरीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्