Logo
Logo

रास्वपाले तिरेन १० महिनाको भाडा, केन्द्रीय कार्यालय खाली गर्न घरधनीको आग्रह


2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय भवन खाली गर्न घरधनीले आग्रह गरेका छन् ।

घरधनी भरतमणि देवकोटाले लामो समयसम्मको भाडावापतकाे रकम नपाएको भन्दै बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय रहेको घर तीन महिनाभित्र खाली गरिदिन भनेका हुन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारण देखाउँदै घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए ।

देवकोटा हाल अमेरिकामा छन् । उनका अनुसार रास्वपाले मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा लिएको थियो । तर, १० महिनासम्म भाडावापतको रकम आफुले नपाएपछि घर खाली गर्न भनेको उनले बताएका छन् ।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्