Logo
Logo

प्रधानसेनापतिले गरे पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल


5.9k
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन् ।सिग्देलले पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका हुन् । 

The current image has no alternative text. The file name is: cenapati.gif

जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्लेले पूर्वप्रमुखहरूसँग राय लिएका हुन् । 

यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूले पनि जङ्गी अड्डामा छलफल गरेका थिए । पृतनापतिहरूसँग पनि भर्चुअल रूपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ । 

उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ । केही समयदेखि पृतनापतिहरूको जिम्मेवारी हेरफेर भएको थियो । त्यसपछि पहिलो पटक पृतनापति बैठक बसेको हो । 
 

प्रतिक्रिया दिनुहोस्