Logo
Logo

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु


1.1k
Shares

जनकपुरधाम । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर द्ँिदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर र एकजनामध्ये घाइते भएका थिए । स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्