Logo
Logo

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु


315
Shares

झेनपिङ । चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिवार बिहान मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: chaina-2.gif

बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए । शनिवार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ ।

यो खानी सन् १९९८ मा निर्माण गरिएको थियो र मार्च सन् २०२४ देखि सुरक्षा कारणले मर्मतकार्यको क्रममा थियो । प्रारम्भिक जाँच अनुसार लगभग ५०० घनमिटर मलबा खसेर सुरुङ भत्किएको छ । अहिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्