Logo
Logo

कामना सेवा फुटसल कप सिजन-६ को टाइ-सिट ड्र र ट्रफी अनावरण


0
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन–६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र ब्रान्ड एन्थम सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।

११ कार्तिकमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फाका रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए । खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको भावना विकास गर्ने उल्लेख गर्दै उनले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गरेका थिए । उनले सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरे भने प्रतियोगिताको टाइ–सिट ड्र पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा गत सिजन अर्थात् सिजन–५ का पुरुषतर्फका विजेता सिद्धार्थ बैंक र महिलातर्फका विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिले मन्तव्य राखेका थिए ।

उनीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी भाइचारा र सम्बन्ध विकास गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आयोजक कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी, एन्फाका सहायक रेफ्री ९एआर० हरिश कार्कीले प्रतियोगिताका खेल नियमबारे विस्तृत जानकारी गराए । उनले खेल अनुशासन, फाउल तथा निर्णयसम्बन्धी नियमबारे स्पष्ट पार्दै सबै टोलीलाई नियमको पालना गरी स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे

यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता १४ र १५ कात्तिकमा धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ ।

खेलकुदको प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्