Logo
Logo

बाक्लो प्रहरी घेरामा एमाले अध्यक्ष ओली


3.5k
Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षा दिइएको छ ।  गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।

The current image has no alternative text. The file name is: surakchhya.gif

उक्त कार्यक्रममा  बाक्लो रूपमा  प्रहरी परिचालन समेत गरिएको थियो । कार्यक्रममा ओलीले जेनजी आन्दोलनमा  गोली चलेको विषयमा सुरुमा गोली कसरी चल्यो भन्ने सोधखोज गरेको र पछि १४ जनाको मृत्यु भएको थाहा पाएको बताएका छन् ।  उनले घटनाले आफूलाई दुखी बनाएको बताउँदै सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

उनले राजीनामा दिएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘भोलिपल्ट मैले आफ्नो हातमा केही नरहेको थाहा पाएँ र राजीनामा दिएँ ।’अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे जबाफदेही हुने प्रतिबद्धता जनाए । उनले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दालाई गम्भीरतापूर्वक लिएको बताए । ‘मैले ती समस्याको समाधान गर्न खोजेँ, तर त्यो दिन सम्भव भएन,’ उनले भने । उनले समाजमा शान्ति र सामाजिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै प्रहरीको हतियार खोसेर लिएकाहरूलाई तत्काल फिर्ता गर्न आग्रह गरे ।

‘समाजमा हतियारको स्थिति अन्त्य गरी शान्ति सुनिश्चित गर्नुपर्छ,’ उनले भने । ओलीको यो भनाइले हिंसात्मक घटनाप्रति उनको गम्भीरता र छानबिनको आवश्यकता झल्किन्छ । 

प्रतिक्रिया दिनुहोस्