काठमाडौं । अविरल वर्षासंगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेको छ । बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका हुन् ।

योसँगै सेना परिचालन गरेर काठमाडौंका ती वस्तीहरू खाली गराउन थालिएको छ । सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।














