Logo
Logo

कोशी ब्यारेजमा यातायात पूर्णरुपमा बन्द


1.5k
Shares

विराटनगर । कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।  नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो । 

हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ ।  पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । 

प्रतिक्रिया दिनुहोस्