Logo
Logo

अरनिको राजमार्गमा यातायात चल्न थाल्यो


378
Shares

काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।

अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत गरिरहेको उनले बताइन् ।

अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । बाढी तथा पहिरोका कारण शनिवार बिहानैदेखि यो सडकमा यातायात बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्