Logo
Logo

भुर्तेलको अर्धशतकमा नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य


1k
Shares

काठमाडौं । नेपालले कतारलाई अभ्यास खेलमा १७१ रनको लक्ष्य दिएको छ ।  सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको हो ।  

The current image has no alternative text. The file name is: kushal-bhurtel.gif

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । ३३ बलको सामना गरेका उनले तीन छक्का र ५ चौका समेत प्रहार गरे । 

नेपालका अर्को ओपनर आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रन तथा दीपेन्द्र सिंह ऐरी ३८ रन बनाए । त्यस्तै, कुशल मल्ल नटआउट रहे ।

कतारका लागि शारिक मुनिर र मोहमद असिमले समान २-२ विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा नेपालले ओमानमाथि ६ विकेटले विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्