काठमाडौं । नेपालले कतारलाई अभ्यास खेलमा १७१ रनको लक्ष्य दिएको छ । सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । ३३ बलको सामना गरेका उनले तीन छक्का र ५ चौका समेत प्रहार गरे ।
नेपालका अर्को ओपनर आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रन तथा दीपेन्द्र सिंह ऐरी ३८ रन बनाए । त्यस्तै, कुशल मल्ल नटआउट रहे ।
कतारका लागि शारिक मुनिर र मोहमद असिमले समान २-२ विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा नेपालले ओमानमाथि ६ विकेटले विजयी भएको थियो ।











