Logo
Logo

मुख्यमन्त्री सिंहले छोडेनन् सरकार, विश्वासको मत लिने


1.4k
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् । उनले असोज २८ गते विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् । अगामी मंगलबार विश्वासको मत लिने भएकाले सोहीअनुसार व्यवस्था मिलाइदिन मुख्यमन्त्री सिंहले शुक्रबार मधेस प्रदेशसभा सचिवालयलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्री सिंहले आफ्नै दलले समेत समर्थन फिर्ता लिएको अवस्थामा पनि सरकार छोडेका छैनन् । त्यस बाहेक उनलाई समर्थन गरेका कांग्रेस र एमालेले पनि सर्मथन फिर्ता लिइसकेका छन् ।

मधेश प्रदेशसभामा १०७ प्रदेश सभा सदस्य छन् । हाल १०५ जना सांसद छन् ।  जसमा हाल एमालेका २४, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ तथा राप्रपा, नाउपा र संघीय समाजवादी पार्टीका १-१ सांसद रहेका छन् ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने तयारी शुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्