Logo
Logo

१४ वर्षदेखि अधुरो कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ


315
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले झापाको १४ वर्षदेखि अधुरो कन्काई पुल निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए।

करिब ७२३ मिटर लम्बाइको पुलको ५५५ मात्र काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०६७६८ मा करिब ५१ करोडमा ठेक्का सम्झौता भएको थियो, जसको म्याद २०८० मा सकिएको छ।

मन्त्री घिसिङले पुल लामो समय अलपत्र पारिएको भन्दै अब ठेक्का तोड्ने वा नयाँ प्रक्रिया अपनाउनेबारे छिट्टै निर्णय गर्ने बताए।
उनले हालै बाढीले क्षति पुर्‍याएको सानोमाई खोला पुल पनि निरीक्षण गरी प्राविधिक परीक्षणका लागि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्