Logo
Logo

तीन दलका प्रमुख नेताहरूलाई बिदा गरौँ : गगन थापा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको तीन ठूला राजनीतिक दलका प्रमुख नेताहरूलाई अब बिदा गरेर नयाँ नेतृत्वको सुरुवात गर्नुपर्ने बताएका छन् ।

Photo: Naresh Shrestha/ THT

आइतबार सामाजिक सञ्जालमार्फत प्रकाशित भिडियो सन्देशमा उनले भने, “तीन दलका तीन प्रमुख नेतालाई बिदा गरौं, संवाद र सहकार्यको नयाँ वातावरण प्रारम्भ गरौं ।”

थापाले लगातार पार्टी महाधिवेशनको माग गर्दै आएका छन् र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता दोहोर्याउँदै आएका छन् । उनले कांग्रेससँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई पनि आफ्ना पुराना नेताहरूलाई सम्मानपूर्वक बिदा गरी नयाँ पुस्तालाई अवसर दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्