Logo
Logo

महाधिवेशन मिति तोक्न लिङ्देनलाई जबराको अल्टिमेटम


567
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई मङ्सिर १८ गतेअघि नै महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिएका छन् ।

The current image has no alternative text. The file name is: dhawal-samsher.jpg

वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल मङ्सिर १८ मा समाप्त हुने भएकाले त्यसअघि मिति तोकिएन भने समिति अवैधानिक हुने उनको चेतावनी छ।आइतबार काठमाडौंमा जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन सुनिश्चित गर्न दबाब दिन भेला आयोजना गरिएको बताए। भेलाले महाधिवेशनको मिति तोक्न, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा गर्न र पार्टीमा एकता कायम गर्नुपर्ने निर्णय गरेको छ ।

महामन्त्री जबराले पार्टीको मुख्य एजेन्डा-संघीयता र गणतन्त्र खारेज गरी राजसंस्थासहितको हिन्दुराज्य स्थापना-लाई जोडदार रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । साथै, गत माघदेखि बस्न नसकेको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन जबरा समूहले दबाब बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्