Logo
Logo

आज एकैदिन ८ हजार १ सय बढ्यो सुन


504
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन ८ हजार १०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्