काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्थामा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।
त्यसैगरी, ग्राहकको रोजाइको अग्रणी बैंकका रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको–२०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।











